२०८२ मङ्सिर १ गते सोमवार

राप्तीका ९ युवा उद्यमी सम्मानित

तिर्थराज ज्ञवाली, देउखुरी, साउन २८ । राप्ती गाउँपालिकाले युवा दिवशको अवसरपारी नौं जना युवा उद्यमीलाई सम्मान गरेको छ ।

‘खाद्य प्रणालिमा रुपान्तरण मानव र ग्राहकहरुको लागि युवा आविश्कार’ भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका क्षेत्रमा कृषि तथा पशुपालन क्षेत्रमा कार्य गर्दै आएका नौं जना सफल ब्यवसायिहरुलाई सम्मान गरिएको हो ।

बिहीबार एक कार्यक्रमका बीच वडाका युवा उद्यमी बालाराम कुमाल, टुमा थापा, अमर चौधरी, बालकृष्ण पोख्रेल, रामपति चौधरी, प्रेम चौधरी, रमिला कुमारी चौधरी, भरतबहादुर खत्री र ताम बहादुर खैकला मगरलाई सम्मान गरिएको हो ।

परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउने उदेश्यका साथ राप्ती गाउँकार्यपालिकाको कार्यालयले ग्लोवल युथ क्लव, आशाका किरण सस्था र मिलाप कृषि सहकारी संस्थाको समन्वयमा औपचारीक कार्यक्रमको आयोजना गरि युवा दिवश मनाएको हो ।

कार्यक्रममा बोल्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले युवाहरुले सकारात्मक सोचका साथ कार्य गर्न चाहेमा सबै तर्फवाट सहयोग हुने बताए ।

उनले नैतिक, ब्यवहारीक तथा प्राविधिक शिक्षा हाशिलगर्न युवाहरुलाई अनुरोध गर्नु भएको छ ।

अध्यक्ष सुवेदीले युवाहरुले नेतृत्व लिन तथा नयाँ कामको लागि आँट गरेमा सबैको साथ पाउने तर्क गरे ।

ग्लोवल युथ क्लवका अध्यक्ष रमेश कडेलको अध्यक्षतामा भएको कार्यक्रममा ९ वटै वडाका युवाहरुलाई छनोट गरि सम्मान गरिएको हो ।

युवाहरूको सीप र कौशललाई केन्द्रमा राख्दै खाद्यान्न प्रणालीको रुपान्तरण र समग्र पृथ्वीको नै स्वास्थ्यलाई महत्व दिनुपर्ने र खाद्यान्न सार्वभौमिकतालाई यस वर्ष महत्वदिइ नेपालजस्तो कृषि प्रधान देशमा कृषिको व्यवसायीकरण, कृषिमा युवाहरूको सहभागिता आदी कुराहरूलाई महत्वका साथ हेरिनुपर्ने बक्ताहरुको जोड थियो ।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *