लक्ष्मण बस्नेत,तुलसीपुर,साउन २७ । तुलसीपुर उपमहानगरपालिका वडा नं ८ को बुटुनियामा सञ्चालित खुला फुटबल प्रतियोगिता २०७८ को उपाधी खैरिपुर युथ क्लबले हात पारेको छ ।
बुटुनिया युथ क्लव तुलसीपुर ८ को आयोजनामा सम्पन्न फाईनल खेलमा टिकरी युथ क्लबलाई सर्ट एण्ड डेथमा शून्यका बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै खैरिपुर युथ क्लबले उपाधी हात पारेको हो ।
उपाधीसंगै उसले १७ हजार बराबरको खसी तथा प्रमाणपत्र हात पा¥यो । फाईनलमा सम्मानजनक हार ब्यहोरेको टिकरी उप–बिजेतामा सिमित रहदै नगद ७ हजार तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
स्थानिय स्तरका दर्शकहरुको शानदार उपस्थितीमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको निर्धारित समयसम्म एक÷एक गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टिमा पनि पाँच÷पाँच गोलको बराबरी हुनपुग्दा खेलको नतिजा सर्ट एण्ड डेथका आधारमा निकालिएको थियो ।
फाईनल खेलमा रेफ्रीको भुमिकामा मुख्य रेफ्री सुमन केसी,सहायक रेफ्री अभिशेष वलि र अर्जुन नेपाली रहेका थिए । साउन २१ गते देखि सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।
बुटुनिया युथ क्लबका अध्यक्ष सुरेश आचार्यको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न. ८ का कार्यबाहक अध्यक्ष चित्रबहादुर डाँगीको प्रमुख आतिथ्यता एंवम खेलप्रेमी समाजसेवी जितबहादुर केसीको बिशिष्ट आतिथ्यतामा प्रतियोगिताको समापन गरिएको हो ।
सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने टिकरी युथ क्लबका प्रबिन केसीलाई उत्कृष्ट खेलाडी र खैरिपुर युथ क्लबका बिनोद केसीलाई सर्वाधिक गोलकर्ता घोषित गरिएको थियो । कार्यक्रमको सहजीकरण श्रीधर साहुले गरेका थिए ।