२०८२ जेष्ठ १३ गते आइतवार

कर्णालीको नाका कपुरकोटमा होल्डिङ सेन्टरका लागिग डेढ महिनामै तयार भयो भवन

सल्यान,साउन २७ । कर्णाली प्रदेशको नाका सल्यानको कपुरकोटमा होल्डीङ सेन्टरका लागि ट्रस्ट भवन निर्माण गरिएको छ ।

भारत लगायत तेश्रो मुलुक तथा विभिन्न जिल्लाबाट फर्किने नागरिकलाई कोरोना संक्रमण परीक्षण अवधिसम्म राख्नका लागि नाकामा होल्डीङ सेन्टर निर्माण गर्न लागिएको हो ।

होल्डीङ सेन्टरको लागि कपुरकोट गाउँपालिकाले डेढ महिनामै वडा नं ३ स्थित प्रहरी चेकपोष्ट नजिकै ट्रस्ट भवन निर्माण गरेको हो ।

होल्डीङ सेन्टरको मंगलबार गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेन, सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडा, सिमखर्क ब्यारेक सल्यानका प्रमुख सेनानी कञ्चन कृष्ण बस्नेत, सल्यान जिल्लाका प्रहरी प्रमुख गोविन्द थापा, कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का लगायतले अनुगमन समेत गरेका छन् ।

 

कर्णाली प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले भवन निर्माण गरेको हो । सम्भावित कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर उपभोक्ता समिति मार्फत होल्डीङ सेन्टर निर्माण गरिएको गाउँपालिका अध्यक्ष सेनले बताए । यद्यपी होल्डीङ सेन्टर सञ्चालनका लागि अझै पनि समस्या रहेको बताउदै उनले यसको ब्यवस्थापनका लागि सबैको साथ र समन्वय आवश्यक रहेको बताए ।

 

प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सहितको मंगलबार कपुरकोट गाउँपालिकामा बसेको बैठकले कोभिड नियन्त्रणका लागि पालिकाले गरेका कार्यको प्रगति समिक्षा समेत गरिएको थियो । २५ लाख रुपैयाँ लागतमा होल्डीङ सेन्टरका लागि भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

२० मिटर लम्बाई र ७.५ मिटर चौडाईको ट्रस्ट भवन निर्माण्ण भएको गाउँपालिकाका ईन्जिनियर भुपेन्द्र यरीले बताए । होल्डीङ सेन्टरमा स्नानगृह, सौचालय लगाएतका संरचना रहेका छन् ।

 

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *