२०८१ असार ८ गते शुक्रवार

बागलुङमा निषेधाज्ञा कडाइ

बागलुङ,साउन २६ । केही सातायता खुकुलो बनाइएको बागलुङ जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिने भएएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीएमसी)को मंगलबार बसेको बैठकले जिल्लाका धेरै समुदायमा फेरि संक्रमण फैलिएको र सक्रिय संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले तत्काल रोकथामका लागि जिल्लाभर निषेधाज्ञा कडा पार्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिए ।

बैठकले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी आगामी भदौ ५ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको उनले बताए ।

निषेधाज्ञाको समयमा बैंक, वित्तीय संस्था, जिल्ला भित्रको यातायात पूर्णरुपमा बन्द हुनेछ । बैठकले दैनिक उपभोग्य खाद्यान्न पसल भने आइतबार,बुधबार र शुक्रबार बिहान १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बैठकले लोकसेवा, टीयूका परीक्षा, विद्यालयको परीक्षा भने सम्बन्धित शैक्षिक संस्था समन्वय गरेर मात्र सञ्चालन गर्न दिने गौतमले बताए ।

गत वैशाखदेखि सुरु गरिएको लकडाउनमा असार मध्यदेखि केही खुकुलो बनाइँदै लगिएको थियो । तर, खुकुलोपन बढेसँगै कोरोना संक्रमण दर उल्लेख्य बढेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय ४१ पुगेको छ ।

बागलुङ नगरपालिकामा मात्रै ३ सय ६ जना संक्रमित पुगेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले बताए ।

पछिल्लो समय लकडाउन खुकुलो बनाइएको र नागरिकले स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा बेवास्ता गर्दा संक्रमण दर तीब्र गतिमा बढेको उनले बताए ।

 

प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *