२०८१ असार ८ गते शुक्रवार

तुलसीपुरका मासु पसलको अनुगमन – व्यवसायीलाई सरसफाईमा ध्यान दिन निर्देशन 

तुलसीपुर, साउन २४ । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले मासु व्यवसायीलाई सरसफाईमा ध्यान दिन निर्देशन दिएको छ ।

आइतबार बिहान बस पार्क स्थित पशु बधशाला स्थित, मासु पसल र पशुपंक्षी बध गर्ने स्थानको अनुगमणका क्रममा मापदण्ड अनुसार सरसफाईमा ध्यान नदिएको पाइएपछि निर्देशन दिएको हो ।

रागाँ, खसी, कुखुरा, बंगुर लगाएतका कबिर एक दर्जन मासु पसलमा अनुगमण गर्दा राम्रो सरसफाई नपाइएको अनुगमनमा गएकाहरुले बताएका छन् ।

अनुगमण टोलिले झिंगा नलाग्ने गरी जालीको व्यवस्था गर्न, डिफ्रिजको व्यवस्था र पसल नविकरण गर्न समेत निर्देशन दिएको छ ।

बधशालामा रहेका मासु पसललहरुमा झिंडा भन्किएको, सरसफाईमा ध्यान नदिएको र उपभोक्ताहरु बासी मासु खरिद गर्न बाध्य भएको भन्ने जनगुनासो पछि उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वमा अनुगमण गरिएको सरोकारवालाहरुले बताएका छन् ।

अनुगमण टोलिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख विवेक बञ्जारा, तुलसीपुर उपमहागनरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्मा, राजश्व शाखा प्रमुख भिम खत्री, वरिष्ठ पशु चिकित्सक सुवाश आचार्य, स्वास्थ्य शाखा प्रमुख ओमपि न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष केश कुमार शर्मा, तुलसीपुर उपमहानगरपालिका–५ का वडा सदस्य अजय बुढाथोकी, तुलसीपुर उद्योग बाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराई, अस्थायी प्रहरी विट वस पार्कका प्रमुख भिमबहादुर रावत लगाएतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *