२०८१ असार १० गते आइतवार

विजौरी–दहवन सडक सञ्चालन बारे छलफल

तस्बिर : राकेश बस्नेत

खेमराज रिजाल, विजौरी, साउन २४ । केही समय अघि सञ्चालनमा आएको विजौरी–सुगुरखोला–दहवन सडक बर्षातको मौसममा अवरुद्ध भयो ।

आज फेरि सडक खण्ड सुचारु गर्ने बारे स्थानीयले चासो देखाएका छन् ।

विजौरी उद्योग वाणिज्य संघले आयोजना गरेको सर्वदलिय÷सर्वपक्षिय छलफलका सहभागिहरुले त्यस्तो चासो ब्यक्त गरेका हुन ।

सडक तत्काल सञ्चालनमा ल्याउन रोल्पाको रुम्टीगढी गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाले सामुहिक रुपमा पहल गर्न आवश्यक छ ।

विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा शनिवार संघकै सभाहलमा आयोजित छलफल कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर – १९ का वडाध्यक्ष रामबहादुर योगीले विजौरी दहवन सडक सञ्चालनमा आफुल पूर्ण रुपमा पहल गर्ने वचन दिए ।

‘हामीले नै यो सडक खुलाउनुपर्छ भनेर विसं २०५४ सालमै पहल सुरु गरेका थियौं र सोही उदेश्यका साथ विजौरी–कुटीचौर सडकको ट्र¥याक खोलिएको थियो’, अध्यक्ष योगीले भने ‘त्यसकै कारण अहिले विजौरीदेखि दहवन सम्म काम चलाउ सडक निर्माण भएको हो।’

सडक खण्ड सन्चालन गर्नेगरी एउटा योजना बनाउने र दिर्घकालिन रुपमा सडकको स्तरबृद्धिका गर्न दाङ जिल्ला र रोल्पा जिल्लाले सामुहिक पहल गर्नुपर्ने उनको बुझाई छ ।

सडक खण्ड दहवन विजौरी हुंदै जलकुण्डी जोडिएमा देउखुरीको सतवरीयामा पूर्व–पश्चिम राजमार्गलाई समेत जोड्ने छ ।

त्यसो भएमा यो सडक खण्ड राजमार्ग र सहिद मार्गलाई जोड्ने सवैभन्दा छोटो सडक हुने छ ।

दहवनबाट विजौरीको दुरी करीव २८ किमी मात्रै छ ।

सुँगुर खोला भन्दामाथि ग्वारखोलाका दूई स्थानमा पुल वा अस्थायी रुपमा हाललाई कल्भर्ट मात्रै बनाउन सकेपनि सो सडक वाह्रै महिना सञ्चालनमा आउन सक्छ ।
जुन सडक वाह्रै महिना सञ्चालनमा आएको अवस्थामा रोल्पाको रुम्टीगढीका दूईवटा वडा संगै होलेरी र स्वर्गद्धारी पनि यही सडकबाट आवागमन गर्न सहज हुने छ ।

तत्काल कल्भर्ट निर्माण गरेरै पनि सडक यातायात सञ्चालन गर्ने प्राविधिकबाट शर्वे गराउने छलफलको निष्कर्ष थियो ।

सानो बजेटमा काम हुन सक्ने भएमा तुलसीपुर र रुम्टीगढी बाटै निर्माण गर्ने अन्यथा थप केन्द्र र प्रदेश सरकारलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीले बताए ।

यो सडकलाई सुचारु गर्न सके रोल्पाको दक्षण क्षेत्र तथा दाङ जिल्लाको विजौरी र मानपुर समेतको व्यापार व्यवसायमा चहल पहल बढ्ने छ ।

उक्त कार्यक्रमको सहजीकरण संघका महासचिव बिदुर गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *