तुलसीपुर,साउन २४ । दाङमा कोभिड–१९ महामारीको संक्रमण दर बढ्न थालेपछि ‘तपाईको मास्क खोई’ अभियानलाई तिब्र बनाइएको छ ।
जिल्लामा निषेधाज्ञा खुकुलो पारेसँगै कोरोना सक्रमणको दर पुनःबढ्न थालेको भन्दै संक्रमण रोकथाम र न्यूनीकरणका लागि उक्त अभियान सुरु गरिएको हो ।
आइतवार देखि तुलसीपुरमा सरोकारवालाहरुले तपाईको मास्क खै अभियान फेरि सुरु गरेका हुन ।
जनचेतनामूलक पर्चा पम्प्लेटसहित मास्क नलगाउनेलाई मास्क लगाएर हिँडडुल गर्न आग्रह गरिएको तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले बताए ।
अभियानका क्रममा मास्क लगाएर पनि सुरक्षित हुने गरी नलगाउने व्यक्तिलाई रोकेर मास्क लगाउन सिकाउन थालिएको उनको भनाई छ ।
प्रहरीले भीडभाडमा सामाजिक दूरी कायम नगर्ने र मास्क नलगाउनेलाई सम्झाइबुझाइ गरी छाड्ने गरेको छ ।
अटेरी गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्ने गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाको अगुवाईमा थालिएको अभियानमा तुलसीपुर उधोग बाणिज्य सघं,ईलाका प्रहरी कार्यालय तुलसीपुर,शसस्त्र प्रहरी सुरक्षा बेश क्याम्प,मधेश मानब अधिकार सघं,रिपोटर्स क्लब दाङ लगाएतका सघंसस्थाहरुको सहभागीता रहेको थियो ।