२०८१ चैत्र ३ गते आइतवार

लागु औषधका कारोबार गरेको आरोपमा श्रेष्ठ र ठकुरी पक्राउ

तुलसीपुर, साउन २३ । इलाका प्रहरी कार्यालय तुलसीपुरले प्रतिबन्धित लागु औषधको अबैध कारोबार गरेको अभियोगमा दूई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा २८ बर्षीया लक्ष्मी श्रेष्ठ र २० बर्षीय अरबिन्द्रसिंह ठकुरी रहेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।श्रेष्ठले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित बाहिनी चोकमा ‘सानो संसार’ नामक खाजा घर होटेल सञ्चालन गर्दै आएकी थिइन । प्रहरीले उनलाई शुक्रबार होटेलबाटै पक्राउ गरेको थियो

नुवाकोट जिल्लाको साबिक मनकामना गाबिस ७ भनारीमा माइती घर रहेकी उनको दश बर्ष पहिले बिहे भएपनि दूई बर्षदेखि श्रीमानसंग सम्बन्ध बिग्रएको हुँदा एक्लै बस्दै आएको भन्ने खुल्न आएको इप्रका तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक झलकप्रशाद शर्माले जानकारी दिए ।

त्यस्तै पक्राउ परेका ठकुरी सल्यान जिल्लाको कुमाख  गाउँपालिका वडा नं. ७ का बासिन्दा हुन । श्रेष्ठ र ठकुरी मिलेर तुलसीपुरमा लामो समयदेखि अबैद्य रुपमा लागु औषधको कारोबार गर्दै आएको प्रहरी प्रबक्ता शर्माले बताए । ठकुरीलाई भने प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको थियो ।

तुलसीपुर क्षेत्रमा मुख्य ड्रग्सको अबैध कारोबारी उनीहरु नै रहेको डिएसपी अर्यालले बताए । ‘हामीले पक्राउ गरेका मध्य अधिकाँसले उहाँहरु बाटै ड्रग्सहरु लिने गरेको बयान गरेका छन्,’ डिएसपी अर्यालले भने ‘लागुऔषध कारोबारी केही मानिसहरु पक्राउ परेपछि उहाँहरु भागेर नेपालगञ्ज जानु भएको थियो ।’

श्रेष्ठ र ठकुरीलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । तर, उनीहरु पक्राउ पर्दा साथबाट कुनैपनि लागु औषध भने फेला नपरेको डिएसपी अर्यालले फरककोणलाई बताए । ‘ हामीले जतिलाई पक्राउ गरेका छौं, ती सबैले श्रेष्ठ र ठकुरीकै नाम लिएपछि पक्राउ गरेका हौं,’ डिएसपी अर्यालले भने ।

प्रकाशित मिति : २०७८ साउन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *