लमही, साउन २२ । बिप्लन नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले लमहीका रुकमान चौधरी परिवारलाई नयाँ घर बनाइ दिएको छ ।
घर निर्माणको काम सकेर पार्टीका नेताहरुले शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् ।
लमही नगरपालिका वडा नं।३ जखेरा टिकुलीगढस्थित सुकुम्बासी बस्तिमा बस्दै आएका चौधरीको जिर्ण घर थियो । त्यो घर भत्काएर बिप्लबका नेता कार्यकर्ताले आँफै श्रमदान गरि नयाँ घर बनाएर दिएका हुन ।
घर निर्माणका लागि आवश्यक नगद तथा जिन्सी सामाग्री भने जिल्लाका व्यापारी,उद्योगी, विभिन्न सामाजिक व्यक्तित्वहरु संग सहयोग मागेको उक्त पार्टीले जनाएको छ । शुक्रकार घर निर्माण गरि हस्तान्तरण गरिएपनि घर बनाउँदा कति खर्च लाग्यो भन्ने बारे कुनै जानाकारी भने दिइएन ।
घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शितलले आफ्नो पार्टी निरन्तर निर्माण र जनसेवा केन्द्रित रहेको बताए ।
उनले संसदीय दलबाट देशले निकास नपाउने भन्दै बैज्ञानिक समाजबाद अबको आवश्यकता भएको दाबी गरे ।
