२०८१ चैत्र ३ गते आइतवार

हेमेन्द्र खड्काले दिए, ‘दिदी घर’ लाई नगद ५० हजार

तुलसीपुर, साउन २२ । तुलसीपुरका एकजना साईकिलिष्ट हेमेन्द्र खड्काले ‘दिदी घर’ संस्थालाई आफुले साइकल चलाउँदा दाताहरुले दिएको नगद सहयोग बिहीबार प्रदान गरेका छन् ।अनाथ बालबालिकालाई संरक्षण र शिक्षा प्रदान गर्दै आएको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित ‘दिदी घर’ संस्थाकी संस्थापक स्यानी चौधरीलाई हस्तान्तरण गरिएको हो ।

खड्काले संस्थामै पुगेर आफुले १०० किलोमिटर साईकल चलाउँदा संकलन भएको नगद ५० हजार रुपैंया हस्तान्तरण गरेका थिए ।साउन २ गते कोरा साईकल च्यालेञ्जको अवसरमा खड्काले १०० किलोमिटर साईकल राईड गर्दा तुलसीपुर क्षेत्रका १२५ जना ब्यक्तिले प्रति किलोमटिर जनही ४ सयका दरले लगानी गरेका थिए ।

त्यसरी संकलित सबै रकम खड्काले सामाजिक क्षेत्रमा क्रियासिल ‘दिदी घर’ संस्थालाई हस्तान्तरण गरेका हुन ।हरेका बर्ष जुलाई १७ तारिकका दिन कोरो साईकल च्यालेञ्ज हुने गर्छ ।

कोरो साईकल च्लालेञ्जको अर्थ मन्दिर, गुम्बा, मस्जिद वा धार्मिक क्षेत्रको परिकर्मा गर्नु भन्ने हो ।त्यसरी परिकर्मा गर्ने साईकल यात्रुले सक्दो रकम स्वएंम दान गरि सामाजिक क्षेत्रमा लागनी गर्ने गर्छन ।

रकम हस्तान्तरण कार्यक्रममा दाङ जिल्ला साईकल सिटीका उपाध्यक्ष खुमबहादुर न्यौंपाने, रोट्याक्ट क्लब अफ तुलसीपुरका पूर्व अध्यक्ष सन्दिपन रिजाल, साईकिलिष्ट बिमल पौडेल र कोरा साईकल च्यालेञ्ज प्रतियोगिताको रञ्जन सिंह उपस्थित थिए ।

प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *