२०८१ चैत्र ६ गते बुधवार

कांग्रेस महाधिवेशन गर्न ४२ नेताले बुझाए पत्र

काठमाडौँ,साउन २१ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुनिश्चितताका लागि ४२ जना युवा नेताहरूले ध्यानाकर्षण पत्र बुझाएका छन्।

नेता रञ्जित कर्ण, मनोजमणि आचार्य, सुवासकुमार पोखरेल, श्रीराम लामिछाने, दीपक भट्टराई, रिता खनाल र प्रतिमा गौतमसहित ४२ जनाले हस्ताक्षरसहित महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन्।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेललाई आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सबल कांग्रेस निर्माणका लागि युवा अभियानले ध्यानाकर्षण पत्र बुझाएको हो।

मुख्यसचिव पौडेलमार्फत् सभापति शेरबहादुर देउवालाई उनीहरूले ध्यानाकर्षण पत्र पठाएका हुन्।

भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भने पनि महाधिवेशन अनिश्चित बनेको उनीहरूको भनाइ छ। उनीहरूले ३ बुँदामा सभापति देउवालाई ध्यानाकर्षण गराएका छन्।

बारा, सप्तरीलगायतमा क्रियाशील सदस्यता टुंग्याउन पनि उनीहरूले माग गरेका छन्। बाराका नेता तथा कार्यकर्ता पार्टी कार्यालयमा २५ दिनदेखि धर्नामा छन्। विधानअनुसार न्यायपूर्ण ढंगले क्रियाशील दिन उनीहरूको माग छ।

साथै वडा तहबाट नै सिफारिसका आधारमा क्रियाशील दिन उनीहरूको माग छ।

साथै नेविसंघ, नेपाल तरूण दललगायत भातृ तथा शुभेच्छुक संघसंस्थालाई पूर्णता दिन पनि माग गरिएको नेविसंघ महामन्त्री दीपक भट्टराईले सेतोपाटीलाई बताए।

‘कांग्रेसलाई जोगाउन सम्पूर्ण पुस्ताको सहभागिता सहितको विधिवत् महाधिवेशन सुनिश्चित गरियोस्,’ उनले भने।

प्रकाशित मिति : २०७८ साउन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *