२०८१ असार ३ गते आइतवार

चितुवाको छालासहित प्यूठानमा ३ जना पक्राउ

प्यूठान,साउन २१ । प्यूठान नगरपालिका वडा नं ८ बाग्दुलाबाट चितुवाको छाला सहित ३ जना पक्राउ परेका छन् ।

जिल्लाको बाग्दुला स्थित एक होटलमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले बुधबार राती चितुवाको छाला सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्यूठान झिमरुक – १ बस्ने २९ बर्षीया अविनास पुन, सरूमारानी – १ बाङ्गेसाल बस्ने ३२ बर्षीया छबिलाल परियार र दाङको राजपुर गाउँपालिका –१ बस्ने २८ बर्षीया ईन्द्र बहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

उनीहरूको साथबाट ६ फिट ६ इन्च लम्बाई र २ फिट २ ईन्च चौडाई भएको एक थान चितुवाको छाला बरामद गरिएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय प्यूठानमा बुझाइएको छ ।

लुम्बिनी प्रदेश अनुसन्धान टोली र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७८ साउन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *