
तुलसीपुर, साउन १९ । तुलसीपुर मेट्रो हस्पिटलालाई चुजी फाउण्डेसन ताइवानले ४६ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
एक्सरे, भेन्टिलेटर लगाएतका स्वास्थ्य सामग्री फाउण्डेसनका नेपाल प्रतिनिधी मुकुन्द विष्टले एक कार्यक्रमकाबीच तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन । मेयर पाण्डेले दाता चुजी फाउण्डेसन परिवारलाई धन्यवाद दिएका थिए ।
मेयर पाण्डेको आग्रह पछि उक्त सहयोग प्राप्त भएको मेयरका प्रेस सल्लाहाकार ओपेन्द्र बस्नेतले जानकारी दिए । भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन अन्तर्गत रहेको तुलसीपुर मेट्रो हस्पिटललाई तुलसीपुर उपमहानगरले सञ्चालन गर्दै आएको छ ।
अक्सिजन सहति ५० बेडको मेट्रो अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार हुँदै आएको छ । हस्पिटलमा अहिले १३ जना संक्रमितको उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०७८ साउन १९ गते मङ्गलवार