२०८२ कार्तिक २९ गते शनिवार

हापुरेमा ८ बर्षीया बालिकामाथि बलात्कार प्रयास गर्ने ४५ बर्षीय दमाई पक्राउ

राप्तीमा १४ र १५ बर्षीया दूई बालिकामामाथि बलात्कार प्रयास गर्ने चौधरी पक्राउ

तुलसीपुर, साउन १६ । पश्चिम दाङको हापुरे र देउखुरीको राप्तीमा तीन बालिकामाथि बलात्कार प्रयास गर्ने दूई जना पक्राउ परेका छन् ।बबई गाउँपालिका वडा नम्बर ५ हापुरेका ५४ वर्षीय किमे दमाई स्थनीय ८ बर्षीया बालिकामाथि जबरजस्ती बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ परेका छन ।

दमाईले साउन १३ गते दिउँसो घरमा कोही नभएको मौका छोपी ८ बर्षीया बालिकामाथि जवरजस्ती बलात्कारको प्रयास गरेको अभियोग खेपेका छन् । पीडित बालिकाको तर्फबाट अभिभावकले प्रहरीमा जाहेरी दिएपछि दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै राप्ती गाउँपालिका वडा नम्बर ८ स्थित शंकर माविका सहयोगी २८ वर्षीय सूर्य चेतन चौधरीका बिरुद्ध स्थानीय दूई बालिकालाई जवरजस्ती बलात्कारको प्रयास गरेको अभियोगमा लागेको छ । स्थानीय १४ र १६ वर्षीया बालिकालाई जवरजस्ती बालात्कार गर्न खोजको जाहेरीका आधारमा चौधरीलाई पक्राउ परेका हुन ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले चौधरीले साउन १६ गते अपरान्ह करिब साढे ५ बजेतिर दुई बालिकालाई ललाइफकाइ एकान्त स्थानमा पु¥याई जबरजस्ती बलात्कारको प्रयास गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरि अनुसन्धान भइरहेको जानकारी दिए ।

दुबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *