२०८१ चैत्र ४ गते सोमवार

आफ्नै भतिजाले रुकुममा अण्टिको हत्या गरे

दाङ, साउन १४ । रुकुम पश्चिममा १५ बर्षीय भतिजाले नै आफ्नै अन्टीको हत्या गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला रुकुम पश्चिम त्रिबेणी गाउँपालिका वडा नं। ४ घर भइ हाल वडा नं.३ मा बस्दै आएकी २६ बर्षीया मनकला खत्री खड्काको साउन ११ गते राति भतिजाले नै हत्या गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी धुर्बकुमार श्रेष्ठले बताए ।

सोमबार बेलुका साँझ सात बजेतिर गोठमा भैंसीलाई घाँसपात गर्न गएकी मनकला फर्केर नआएपछि उनकी सासु गाउँलेको सहयोगमा खोजी गर्न गएकी थिइन ।

खोज्ने क्रममा उक्त दिन राति साढे ११ बजे मनकलाको शब गोठ नजिकै गणेशबहादुर खड्काको मकै बारीमा हत्या गरेको अवस्थामा फेला परेको थियो ।

मनकलाका श्रीमान बैदेशिक रोजगारको सिलसिलामा बिदेशमा छन् । त्यसैले मनकला करिब ६ बर्षीय छोरी र सासु आमाको साथमा बस्दै आएकी थिइन ।

त्यसपछि साउन १३ गते आफ्नो मकै बारीमा मनकलाको शव फेला परेको हुँदा गणेशबहादुर खड्काले घटना अनुसन्धान गरि पाउँ भनेर प्रहरीमा निबेदन दिएका थिए ।

मनकला हत्याकाण्डबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ब्यूरो टोली र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले घटना अनुसन्धान गर्ने क्रममा घटनामा मनकलाकै भतिजाको संलग्नता रहेको तथ्य उजागर गरेको हो ।

साउन १४ गते पक्राउ परेपछि आरोपितले घटना स्वीकार गरेको डिएसपी श्रेष्ठले जानकारी दिए । हत्यामा संलग्न ब्यक्ति नाबालक रहेको हुँदा प्रहरीले नाम भने सार्वजनिक गरेको छैन ।

जिल्लाको त्रिबेणी गाउँपालिका वडा नं। ३ कुरलका १५ बर्षीयले खुर्पा प्रहार गरि मनकलाको हत्या गरेको प्रहरीले जनाएको छ । दाजुले अण्टिलाई खुर्पा प्रहार गर्दा उनका ११ बर्षीय भाइ पनि संगै थिए ।

घरेलु हतियार खुर्पा प्रहार गरि मनकलाको हत्या भएको जिल्ला प्रहरी प्रमुख श्रेष्ठले बताए । हत्या पछि मनकलाको नाक, कानमा भएका सुनका गहना समेत निकालेर लगेका थिए ।

घटनाका प्रत्यक्षदर्सी ११ बर्षीय बालकपनि पक्राउ परेपनि उनी निर्दोष रहेको देखिन आएको प्रहरीले बताएको छ ।

प्रहरीले घटनास्थलमा फेला परेको टर्चको आधारमा हत्या अभियुक्तहरु पक्राउ गर्न सफल भएको हो ।

प्रहरीका अनुसार उनका १५ बर्षीय भतिजाले मनकलाको घरबाट सामान चोरी रहन्थे । मनकलाले उनलाई चोर भन्ने गर्थिन ।

उक्त दिन मनकलालले उनको भतिजको काटेको घाँस नाघेपछि अलिच्छना भयो भन्दै आबेगमा आएर हिडिरहेकी अण्टिलाई पछाडिबाट खुर्पा प्रहार गरि हत्या गरेको देखिन आएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *