२०८१ चैत्र १४ गते बिहिवार

भण्डारीको मृत्युपछि बल्ल पुरियो पर्सेनीको सडकमा खनिएको खाडल

गरे हुने रैछ नि ...

तस्विर : बसन्त पौडेल

तुलसीपुर,साउन १३ । तुलसीपुर–घोराही सडक खण्डको पर्सेनीमा खनिएको खाडल बुधबार बिहान पुरिएको छ । मंगलवार रातिमात्रै सोही खाडलमा परेर मोटरसाईकलमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १० राईखलियानका ३५ वर्षीय चुडामणी भण्डारीको मृत्यु भएको थियो ।

गत चैत महिना तिरै तुलसीपुर–घोराही फोरलेन सडक बिस्तार परियोजनाले तुलसीपुर ७ पर्सेनीमा ह्यूमपाईप बिच्छाउनका लागि उक्त खाडल खनेको थियो ।

सडक निर्माणको जिम्मा लिएका ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि ह्यूमपाइप खसालेपनि खाडल पुर्न ध्यान दिइएको थिएन ।तर, मंगलरबार रातिको दूर्घटनामा भण्डारीको मृत्युको खवर पछि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ बिहानै घटनास्थल पुगेका थिए । उनले हालसालै फोरलेन सडक परियोजना निर्माणको लागि पेटी ठेकेदारका रुपमा काम सकारेका भनिएका द्रोर्ण दुलाललाई पनि साथमा लिएर तत्काल खाडल पूर्ण आग्रह गरेका थिए ।

त्यसपछि बल्ल पर्सेनीको खाडल बुधबार बिहानै पुरिएको हो । अलपत्र फोरलेन सडक–खण्डको पर्सेनीको खाडल दूर्घनामा भण्डारीको मृत्युको खवर सार्वजनिक भएको २४ घन्टा भित्रै पुरिएको छ ।

पुराना निर्माण ब्यबसायीले सडक मर्मतको काम नगरेपनि बुधवार तुलसीपुर ७ का वडा अध्यक्ष टोपबहादुर केसी,वडा सदस्य रामबहादुर जिसीको पहलमा पर्सेनी आसपासका सडकका खाल्डा खुल्डी पुरिएको हो । स्थानीय रमेश रेग्मीले आफ्नै घर नजिक खनिएका त्यस्ता खाडलहरुमा दर्जनौं मानिस दूर्घटनामा परि छटपटाई रहेको कारुणिक दृष्य देख्दा मन खिन्न हुने गरेपनि खाडल पुरेपछि अब कसैको छटपटाहट देख्न नपर्ने आशा ब्यक्त गरे ।

‘ गरे हुने रैछ नि,’ रेग्मीले भने ‘ यतिका जनप्रतिनिधि थिए, अहिलेसम्म कोही चुँँइक्क बोलेका थिएनन् ।’ उनले नयाँ सिडियो आएपछि पत्रेखोलाको कचबेको खाडल ढलान भएको, फोरलेन सडक बिस्तारमा खनेर त्यसै छोडेका खाडल पुर्न सुरु भएको, राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई निशुल्क खाना खुवाउने अभियान सञ्चालन भएको देखेर गरे हुने रैछ भन्ने विश्वास पलाएको तर्क गरे ।

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *