२०८१ चैत्र ३ गते आइतवार

केसीले घरमा लुकाएर राखेको ४५ क्यिूफिट सालको काठ बरामद

तुलसीपुर, साउन १३ । दाङको नारायणपुरबाट घरमा लुकाई छिपाई राखेको अवस्थामा सालको ४५ क्यिूफिट काठ बरामद भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १० स्थित दूर्गा केसीको घरमा लुकाई छिपाई राखेको अवस्थामा साल प्रजातिको ४५ क्यिूफिट चिरान काटहरु बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा केसीको घरमा मंगलबार दिउँसो खान तलासी गर्दा बिभिन्न नापको २७ थान चिरान काठ बरामद भएको डिएसपी रिजालले बताए ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *