२०८१ असार ३ गते आइतवार

सिन्धुलीगढी युघ संग्रहालयको राष्ट्रपतिले उद्घाटन गरिन

काठमाडौं, साउन १३ । नेपालकै पहिलो सिन्धुलीगढी युद्व संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार बिहान उद्घाटन गरेकी छन् ।

६ करोड ५० लाख रूपैयाँको लागतमा निर्माण भएको संग्रहालय ६ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ। संग्रहालयमा वीर योद्वाको परिचय, तत्कालीन समयमा प्रयोग भएका हातहतियारलगायत राखिएका छन् ।
कमलामाई नगरपालिकासँगको सहकार्यमा नेपाली सेनाले युद्व संग्रहालय निर्माण गरेको हो। २०७६ कात्तिक २४ गते संग्रहालयको शिलान्यास भएको थियो ।

संग्रहालय उद्घाटनको लागि राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुलीगढी पुगेकी थिइन ।

कार्यक्रम अन्तरगत प्रधानसेनापति पूर्णचन्द्र थापाले विसं १८२४ असोजमा मातृभूमिको सुरक्षा र अखण्डताका लागि अंग्रेज सेनालाई परास्त गर्ने चार वीर योद्धाको शालिक अनावरण गरेका थिए ।

नेपालले इष्टइन्डिया कम्पनीको अंग्रेज सेनालाई युद्धमा परास्त गरेको थियो। ऐतिहासिक सिन्धुलीगढीमा किल्लामा काजी वंशीराज पाण्डे, श्रीहर्ष पन्त, शिकारी अफिसर वंशी गुरुङ र खजाञ्ची वीरभद्र उपाध्यायको शालिक अनावरण गरिएको थियो ।

नेपाली सेनाको समन्वयमा कमलामाई नगरपालिकाले शालिक निर्माण गरेको हो।

सिन्धुलीगढीमा निर्मित यो नै नेपालको पहिलो युद्ध संग्रहालय हो ।

 

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *