२०८२ मङ्सिर १ गते सोमवार

घोराहीस्थित प्रतिष्ठानले अक्सिजन उत्पादन थाल्यो


तुलसीपुर , साउन १२ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन गर्न थालेको छ । संघीय सरकारले उपलब्ध गराएको साढे दूई करोड बजेटबाट प्लान्ट स्थापना भएपछि अक्सिजन उत्पादन सुरु भएको हो ।

‘प्रतिष्ठानले अब दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन गर्न थालेको छ,’ उपकलपति डा. संगीता भण्डारीले भनिन् । कोरोना महामारीको समयमा अक्सिजन अभाव भएका कारण सरकारले प्रतिष्ठानलाई प्लान्ट निर्माण गर्न भन्दै बजेट उपलब्ध गराएको थियो ।

अक्सिजन उत्पादन सुरु भएपछि कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्न र अस्पतालमा आउने अन्य गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न सहज हुने भण्डारीले विश्वास ब्यक्त गरिन ।

भण्डारीका अनुसार प्रतिष्ठानमा थप ३ करोड बजेट सुनिश्चित गरेर नयाँ अक्सिजन प्लान्टको निर्माण कार्यपनि तीब्र रुपमा सुरु भएको छ । उनले हाल अस्पतालमा बिरामीको सुबिधाको लागि ¥याम्प र लिफ्ट निर्माण कार्य चलिरहेको पनि जानकारी दिइन ।

प्रकाशित मिति : २०७८ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *