२०८१ असार ७ गते बिहिवार

रुकुममा काल्नोमा महिला मृत फेला – हत्या भएको आशंका

 

दाङ, साउन १२ । रूकुम पश्चिममा मृत अवस्थामा फेला परेकी महिलाको हत्या भएको आशंका गरिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–४ छहरे गाउँकी अन्दाजी २६ वर्षीया मनकला खड्का खत्री गएराति मृत अवस्थामा फेला परेकी थिइन ।

सोमबार बेलुका ६ बजेतिर गोठमा बस्तु चौपायालाई घाँसपात गर्न भनेर गएकी मनकला राति अवेरसम्म घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा राति अबेर मकै बारीको काल्नामा मनकला मृत भेटिएकी थिइन ।

जिल्ला प्रहरी प्रमुख डिएसपी धुर्बकुमार श्रेष्ठले प्रहरीलाई मध्यराति १२ बजे खबर आएको र प्रहरी घटनास्थलमै रातभर बसेर शवको सुरक्षा गरि बिहान मुचुल्का उठाउन सुरु गरेको जानकारी दिए ।

‘ हामीले सुर्खेत र बाँकेको कोहलपुरबाट घटना अनुसन्धानका लागि कुकुर मागेका छांैं,’ डिएसपी श्रेष्ठले भने ‘ अहिले सम्म कुकुरको बाटो कुरेका छौं, अब भने हामी मुचुल्का तयार पार्दै छौं ।’

डिएपपी श्रेष्ठले मृतक मनकलाको नाकबाट रगत बगेको अवस्था रहेको जानकारी दिए । मनकला गोठदेखि करिब दश मिनेटको दूरीको काल्नोमा मृत अवस्थामा फेला परेको डिएसपी श्रेष्ठले बताए । डिएसपी श्रेष्ठका अनुसार मनकलाका श्रीमान रोजगारीको सिलसिलामा बिदेशमा रहेका छन् । मनकला सासु आमा र ७ बर्षे आफ्नो बच्चाको साथमा बस्दै आएकी थिइन ।

 

प्रकाशित मिति : २०७८ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *