२०८२ कार्तिक २४ गते सोमवार

ब्याट्रीबाट तार सर्ट भएर बसमा आगो लागेको गाडी धनिको दाबी

 

तुलसीपुर, साउन १२ । पर्सेनीमो सडक किनारमा पार्किङ गरि राखेको रा १ ख १८९२ नम्बरको बसमा ब्याट्रीको तार सर्ट भएर आगलागी भएको बस धनिले दाबी गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ रानीघाट नजिकै चार दिनदेखि सडक किनारमा पार्किङ गरि राखिएको बसमा सोमबार मध्य रातमा आगजनी भएको थियो ।

बसमा आगलागी भएपछि गाडी धनि हसिना मियाले इलाका प्रहरी कार्यालयमा गई ब्याट्रीबाट तार सर्ट भइ बसमा आगलागी भएको भन्दै निबेदन दिएकी छन् ।
प्रहरीले भने घटना संकाष्पद रहेको बताएको छ ।

‘गाडी धनिले नै बिमाको लोभले बसमा आगजनी गर्न त लगाएका हैनन्, भनेर शंका गर्ने आधारहरु छन्,’ एक प्रहरी अधिकारीले भने ‘ के, मध्य रातमा मात्रै गाडीको ब्याट्री सर्ट भइ आगलागी हुने हो र ?’घटना बारे थप अनुसन्धान भइरहेको ती प्रहरी अधिकारीले बताए ।

प्रहरीका अनु्सार घटनाको चार दिन अगाडि घोराहीबाट यात्रु बोकेर तुलसीपुर आउँदै गरेको उक्त बस उकालोमा चढ्न नसकेर ब्याक भएको थियो । त्यसपछि त्यसलाई त्यही सडक किनारमै पार्किङ गरि राखिएको थियो ।

लामो लकडाउनका कारण यातायात ठप्प हुनु, बैंकको किस्ता तिर्न समस्या हुनु र त्यसैमाथि गाडी बिग्रिएपछि मर्मत गर्न समेत पैंशा नहुनु जस्ता कारणले कतै गाडी धनि आँफैले बिमाको लोभमा गलत कदम काम गर्न लगाए कि ? भनेर आशंका पैदा भएको एक प्रहरी अधिकारीले बताए ।

 

 

प्रकाशित मिति : २०७८ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *