२०७८ असोज ८ गते शुक्रवार

तुलसीपुर क्षेत्रमा कार्यरत सबै घुमुवा जिल्ला तानिए

तुलसीपुर, साउन १२ । तुलसीपुर क्षेत्रमा क्रियासिल जिल्लाका सबै घुमुवा जिल्लामा तानिएका छन् ।

सोमबार जिल्लाले इलाका प्रहरी कार्यालयमा कार्यरत र जिल्ला प्रहरी कार्यालयमा कार्यरत भइ तुलसीपुर क्षेत्रमा साधा पोशकमा काम गर्दै आएका सबै घुमुवालाई जिल्लामा झिकाएको हो ।

यसअघि मोटरसाईकल चोरी र लागु औषध कोरोबारी संग साँठगाँठ देखिएपछि तीन जना प्रहरीलाई निलम्बित गरि प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

त्यस्तै अन्य अबैध खोला जन्य बस्तुको उत्खनन् निकासी तथा बिक्रि बितरणमा समेत शंका गर्ने ठाउँ रहेको हुँदा सोधपुछको सबै घुमुवाहरुलाई जिल्लामा तान्नु परेको एक प्रहरी अधिकारीले बताए ।

‘ दुःखमा परेका सर्वसाधारण नागरिक प्रहरीमा साहेता माग्न आउँदा उल्टै उसैलाई ठग्ने वा सताउने गरे प्रहरी प्रतिको आम नागरिकको धारणा के बन्छ,’ ती प्रहरी अधिकारीले भने ‘ खासमा जिल्लामा घुमुवाहरुको काम कारबाही बुझ्न र उनीहरुको कहाँ र के कस्तो संलग्नता छ जानकारी लिन आवश्यक छ ।’

अर्का एक उच्च प्रहरी अधिकारीले सर्वसाधारणको गुनासोको आधारमा जिल्ला झिकाएर सोधपुछ भइरहेको जानकारी दिए ।

 

प्रकाशित मिति : २०७८ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *