
तस्विर ः केशरमान बुढाथोकीको फेसबुकबाट ।
तुलसीपुर, साउन १२ । फोरलेन सडक बिस्तार गर्न भनि खनेको नालामा परी एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं। ७ स्थित पर्सेनीमा सडक बिस्तारका लागि भनेर सडकको बीचमा ह्यिूमपाइप राख्न भनेर खनेको खाडलमा परेर एक जना पुरुषको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक झलक शर्माका अनुसार मृतकको साथबाट चुडामणि भण्डारी लेखिएको परिचय पत्र फेला परेको छ ।
भण्डारी तुलसीपुर १० राईखलियानका बासिन्दा भएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुमानमा तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाईकल दूर्घटनामा परेको थियो ।
प्रहरी निरिक्षक शर्माले उक्त दूर्घटना बारे प्रहरीलाई बिहान ५ बजेमात्रै खवर आएको बताए । ‘हामीले दूर्घटनामा परि अचेत ब्यक्तिलाई उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरे,’ प्रहरी निरिक्षक शर्माले भने ‘अहिले शव पोष्टमार्टमको लागि शव गृहमा राखिएको छ ।’
मृतकको साथमा फेला परेको कागजका आधारमा आफन्तलाई सनाखदको लागि अस्पताल बोलाइएको शर्माले बताए ।
तुलसीपुर– घोराही फोर लेन सडक बिस्तारको लागि भनेर ठाउँ ठाउँमा ह्यिूमपाईप राख्नका लागि भनेर गत बर्ष नै सडक बीच बीचमा खनिएको छ ।
त्यसरी खनिएका सडक खण्डमा ह्यिूमपाइप बिच्छाइएपनि कामको जिम्मा लिएरका निर्माण ब्यबसायीको लापरबाहीले ती खाडल नपुर्दा तुलसीपुर घोराही सडक खण्डका यात्रा जोखिम युक्त बनेको छ ।

तस्विर ः शरद रेग्मी ।