
तुलसीपुर, साउन ११ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँबाट फेरिपनि तुलसीपुरका एक यु्बक प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ घर भइ हाल तुलसीपुर ६ मा डेरागरी बस्ने २७ बर्षीय राजकुमार वली रहेका छन् ।
दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालका अनुसार वली आइतबार बेलुका ७ बजेतिर तुलसीपुर १३ दमारगाउँबाट पक्राउ परेका हुन । वलीको साथबाट ७ ग्राम ६६ मिली ग्राम ब्राउन सुगर बरामद भएको डिएसपी रिजालले बताए । नेपालगञ्जदेखि तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख १७१८ नम्बरको सार्वजनिक बस चेक जाँच गर्ने क्रममा वली उक्त परिमानको ब्राउन सुगरसहित पक्राउ परेको प्रहरी प्रबक्ता रिजालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय घोराही र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको साधा पोशाकको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा वलीलाई पक्राउ गरेको हो ।
हप्ता दिन नबित्दै सोही दमारगाउँबाटै नेपालगञ्जबाट ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा तुलसीपुरकी एक महिलासहित दूई किशोर पक्राउ परेका थिए । दूई किशोर मोटरसाईकलबाट र महिला सार्वजनिक बसबाट पक्राउ चेकजाँचका क्रममा पक्राउ परेका थिए ।
जिल्लामा नयाँ प्रहरी प्रमुखको रुपमा एसपी सुरेश काफ्ले आएपछि लागु औषध ओसार पसार गर्ने तथा बन्य जन्तुका छाला तथा अंग ओसार पसार गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् ।