साउन ११ । आजदेखि देशका धेरै ठाउँमा बुधवारसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका केही ठाउँमा र भोलि प्रदेश-१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । धेरै ठाउँमा गएरातिदेखि नै वर्षा भैरहेको छ । केही ठाउँमा ठूलो वर्षा हुने भएकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ।
महाशाखाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रकाशित मिति : २०७८ साउन ११ गते सोमवार