
तस्बिर – रमेश रेग्मी ।
तुलसीपुर, साउन ११ । उकालो चढ्न नसकेर ब्याक भइ सडक किनारमै पार्किङ गरि राखेको बसमा अज्ञात समुहले मध्य राति आगजनी गरेको छ ।
चार दिन पहिले घोराहीबाट तुलसीपुर यात्रु लिएर आउँदै रा १ ख १८९२ नम्बरको बस कालाखोला उकालोमा चढ्न नसकेपछि ब्याक भएपछि सोही ठाउँमा पार्किङ गरि राखिएको थियो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ रानीघाट खोला नजिकै बिगत चार दिन अगाडिदेखि पार्किङ गरि राखिएको बिग्रिएको बसमा सोमबार बिहान १ बजेतिर अज्ञात समुहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।
‘प्रहरीलाई सवा १ बजे खवर भयो र मेरो नेतृत्वमा मध्यरातमा दश जनाको टोली पुग्यो,’ डिएसपी अर्यालले भने ‘स्थानीयसहित हामीले मिलेर बिहान दूई बजेमात्रै आगो निभाएका थियौं।’
बसको झन्डै ७५ प्रतिसत भाग आगजनीबाट जलेर नष्ट भएको उनले बताए । उक्त बस तुलसीपुर– घोराही सडक खण्डमा सञ्चालन हुँदै आएको थियो । प्रहरीले गाडी धनि र चालकलाई सोधपुछको लागि इप्रका बोलाएको जानकारी दिएको छ ।