२०८२ कार्तिक २१ गते शुक्रवार

एमाले परिपक्व राजनीतिक पार्टी हो ः ओली

काठमाडौँ,साउन १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको मुहार फेर्ने अभिभारा भएको पार्टी एमाले भएको बताएका छन्।

उनले एमाले परिपक्व राजनीतिक पार्टी भएको बताए।

अखिल नेपाल महिला संघले आइतबार गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एमाले कुनै गुण्डा दल होइन। परिपक्व राजनीतिक पार्टी हो। यसलाई देशको मुहार फेर्ने अभिभारा छ।’

उनले देशको धेरै जनसंख्या एमालेको पक्षमा रहेको पनि आफूविरूद्ध मुख छाडेर अनेक लेखिने गरेको उल्लेख गरे ।

उनले पार्टीभित्रका अन्तरघातीलाई नङ्ग्याउनुपर्ने पनि बताए। पार्टीलाई ध्वस्त पार्न खोज्नेबाट जोगाउनु पर्ने उनको भनाइ थियो।

स्वार्थको किनबेचबाट भन्दा पनि विचार र सिद्धान्तमा केन्द्रित भई अनुशासनमा बाँधिएको अग्रगामी शक्ति एमाले भएको उनले बताए।

पार्टीका केही मानिस प्रतिक्रियावादीका पछि हिँडेर आन्दोलन कमजोर बनाएको उनको भनाइ थियो।

यस्तै प्रतिक्रियावादीसँग भित्री साँठगाँठ गरेर आफ्नै सरकार ढाल्ने, पार्टी फुटाएर सजिलो बनाइदिएका घटना पनि आफूहरूले देखिरहेको ओलीको भनाइ छ।

उनले पार्टीको पक्षमा उभिन पनि आग्रह गरेका छन्। बाटो बिराएर गएकालाई फर्केर आउन उनले आग्रह गरेका छन्।

 

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *