तुलसीपुर, साउन १० । दाङमा आइतबार बिहान भएको मोटरसाईकल दूर्घटनाका मृतकको पहिचना खुलेको छ ।
प्रहरीका अनुसार मृतक प्यूठान जिल्लाको सरुमा रानी गाउँपालिका वडा नं. ६ का अन्दाजी ३५ बर्षीय युवराज राना हुन ।
दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले पूर्वपश्चिम राजमार्ग अन्तरगत पूर्वबाट पश्चिम तर्फ आउँदै गरेका राना सवार लु १५ प ६३२१ नम्बरको मोटरसाईकल बिहान सात बजेतिर लमही नगरपालिका वडा नं. ४ अर्नवाको मोडमा दूर्घटनामा परेको थियो ।
घाइते रानालाई लमही अस्पताल पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकको शनाखद आइतबार दिउँसो मात्रै भएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय राना दाङ घोराहीस्थित सशुरालीमा बस्दै आएका थिए । उनी प्यूठानस्थित घरबाट ससुराली आउँदै गर्दा दूर्घटनामा परेको आशंका प्रहरीले गरेको छ ।
मोटरसाईकल अनियन्त्रित भइ सडकदेखि झन्डै ६५ मिटर जति तल खसेको डिसपी रिजालले जानकारी दिए ।