२०८१ असार ८ गते शुक्रवार

सुरेश हमाललाई कांग्रेसले यातायात बिभागको लुम्बिनी प्रदेश सयोजक बनायो

तुलसीपुर, साउन ९ ।  नेपाली काँग्रेसले सुरेश हमाललाई यातायात बिभागको लुम्बिनी प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं यातायात ब्यवसायी समन्वय विभागका प्रमुख महेन्द्र यादवले लुम्बिनी प्रदेशको यातायात बिभागको संयोजकमा हमाललाई जिम्मेवारी प्रदान गरेका हुन ।

झन्डै दुई दशकदेखि निरन्तर यातायात क्षेत्रमा क्रियासिल हमाल त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष र नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासघको सल्लाहकार हुन ।

त्यस्तै समन्वय विभागका प्रमुख यादवले लुम्बिनीसहित ७ वटै प्रदेशहरुमा पनि विभाग संयोजकहरू मनोनयन गरेका छन् ।

प्रदेश १ मा देवेन्द्रकुमार राई, प्रदेश २ मा ओमकृष्ण कार्की, बागमती प्रदेशमा योगेन्द्रनाथ कर्माचार्यलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा केदार पौडेल, कर्णाली प्रदेशमा रमेशकुमार सापकोटा र सुदुर पश्चिम प्रदेशमा विजयबहादुर स्वाँरलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

 

प्रकाशित मिति : २०७८ साउन ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *