तुलसीपुर, साउन ९ । तुलसीपुर उपमहानगरपालिकाले आगामी साउन १५ गतेसम्म बजारको फोहर नउठाउने भएको छ ।
तुलसीपुर ६ स्थित डम्पिङ साईडको ब्यबस्थापन क्षेत्रमा मर्मत कार्य गर्नका लागि फोहर नउठाउने नगरले सार्वजकि सूचना मार्फत जानकारी दिएको छ ।
उस्ले साउन ८ गतेदेखि १५ गतेसम्म फोहर नउठ्ने जनाएको छ ।
यो अबधिका फोहर संकलन ट्याक्टरबाट मात्रै गरिने हुँदा अत्याबश्यक फोहर मात्र निस्कासन गर्नपनि नगरले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७८ साउन ९ गते शनिवार