२०८१ चैत्र १३ गते बुधवार

१० केजी चरेशसहित दूई युवा पक्राउ

तुलसीपुर, साउन ७ । झन्डै दश केजी चरेशसहित दूई युवा पक्राउ परेका छन् । बाग्लुङको निसीखोला गाउँपालिका वडा नं. १ का २१ बर्षीय सुदिप सिंजाली मगर र बरिगाउँ गाउँपालिका वडा नं. २ का ३० बर्षीय रेमबहादुर भुजेल दाङको देउखुरी क्षेत्रबाट बुधबार पक्राउ परेका हुन । मगर बुधबार दिउँसो ३ बजेतिर गढवा गाउँपालिका वडा नं. १ धानखोलास्थित हुम्ला रलिङ्ग होटेलबाट पक्राउ परेका थिए ।

मगरको साथमा रहेको हरियो रंगको झोला भित्र इट्टा आकारको चरेश बनाई सेतो प्लाष्टिकमा बेरी राखेको अवस्थामा २० थान बरामद भएको दाङ जिल्ला प्रहरी प्रबक्ता मुकुन्दप्रशाद रिजालले जानकारी दिए । बरामद चरेश प्लाष्टिकसहित तौल गर्दा १० केजी ४० ग्राम र प्लाष्टिक हटाएर तौल गर्दा ९ केजी ९३० ग्राम हुन गएको डिएसपी रिजालले जानकारी दिए ।

मगरले धानखोलामा चरेश बिक्रि गर्ने र सिंजाली करिब ४२ किलोमिटर पश्चिमको लमहीमा बसेर पैंशा बुझ्ने गरेको तथ्य फेला परेको रिजलले बताए । मगरको सूचनाको आधारमा सिंजालीलाई प्रहरीले लमही बजारबाट बुधबार बेलुका नै पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका मगरलाई सोधपुछ गर्दा पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङ कपिलबस्तुको सीमाना क्षेत्र धानखोलादेखि प्रतिबन्धित चरेशको अबैध बिक्रि बितरण सुरु गर्ने गरेको प्रहरीले
जनाएको छ ।

धानखोलामा चरेश बिक्रि गरेपनि पैंशा भने सोही ठाउँमा नबुझी दाङको लमही बजारमा बुझ्ने गरेको तथ्य फेला परेको डिएसपी रिजालले बताए । लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्क्षेद ३ को दफा १४ को खण्ड (घ) को ४ मा भएको ब्यबस्था अनुसार दूई किलो ग्रामदेखि दश किलो ग्राम सम्मको परिनाम भए एक बर्षदेखि तीन बर्षसम्म कैद र पाँच हजारदेखि २५ हजार रुपैंयासम्म जरिवानाको ब्यबस्था रहेको छ ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *