दाङ,साउन ७ । कोहलपुरका एक ब्यक्ति बैंकिङ कसुरमा पक्राउ परेका छन् ।
कोहलपुर नगरपालिका वडा नं.११ का ३८ बर्षीय बिष्णु जिवन धिताल (सन्जयाल) लाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको साधा पोशाकको प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो ।
बैंकिङ कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेको गत चैत १२ गते धिताललाई तीन दिन कैद र दूई लाख ८० हजार रुपैंया जरिवानाको फैसला सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहीबार नै धिताललाई अदालतमा पेश गरिएको छ ।
प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार