२०८२ बैशाख ११ गते बुधवार

तुलसीपुर उद्योग बाणिज्य संघको अपिल

बिमल गौतम,तुलसीपुर ७ साउन । व्यवसायीहरुलाई माया एवंम सदभाव व्यक्त गरिदिन तुलसीपुर उद्योग बाणिज्य संघले अपिल गरेको छ ।

संघले संकटको बेलामा व्यवसायीहरुलाई माया एव सदभाव सहित घर भाडा छुट दिन तथा बैक ब्याजमा सहुलियत दिन आग्रह गरेको छ ।

लकडाउनका कारण लामो समय देखी व्यापार व्यवसाय वन्द भएका कारण व्यवसायीहरु घर भाडा तिर्न तथा चर्को वैक व्याज तिर्न सक्ने अवस्थामा नरहेको भन्दै घर भाडा छुट दिन घर धनिहरुलाई र वैक व्याजमा सहुलियत दिन वैकहरुलाई आग्रह गरेको हो ।

सघका अध्यक्ष राम प्रसाद चालिसे र महासचिव बिनिल केसीले आज एक विज्ञप्ति जारि गरि त्यस्तो आग्रह गरेका हुन ।

कोरोना भाईरसको दोस्रो लहरका कारण साना देखि ठुला सवै व्यवसायीहरु मारमा परेको भन्दै यस्तो संकटको वेलामा घर भाडा छुट दिएर सहयोग गर्नू हुन घरधनीहरुमा र वैक व्याजमा सहुलियत दिनुहुन हामीले अनुरोध गर्दछौ बिज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा समस्या नहुदा आफुहरुले घर भाडाको बिषयमा कहिल्यै नवोलेको भन्दै यति वेला आम व्यवसायीहरुको व्यापार व्यवसाय समेत नभएको हुदा घर भाडा तिर्न सक्ने अवस्थामा नभएको हुदा मानवियताको नाताले समेत छुट दिनु पर्ने उल्लेख गरिएको छ ।

साथै घर भाडा छुट दिने घर धनिहरुले तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालयमा जानकारि दिन समेत अनुरोध गरिएको छ ।

यसैबिच तुलसीपुर उद्योग बाणिज्य संघका सल्लाहकार श्रेष्ठ र पुर्व सल्लाहकार हमालले घर भाडा छुट दिने निर्णय गरेका छन ।

संघका सल्लाहकार अनुप कुमार श्रेष्ठ र पुर्व सल्लाहकार सुरेश हमालले एक महिनाको घर भाडा छुट दिने घोषणा गरेका हुन ।

त्यस्तै सघंका अध्यक्ष रामप्रसाद चालिसेले लकडाउन अबधिको ३५ हजार घरभाडा छुट गरेका छन ।

त्यस्तै दुर्गाबहादुर भण्डारिले पनि एक महिनाको घरभाडा छुट गरेका छन । त्यसैगरि बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीले १८ हजार घरभाडा छुट गरेका छन ।

त्यस्तै राष्ट्रिय समाचार समितिले गत बर्षको लकडाउन अबधि मध्ये २ महिनाको घरभाडा छुट भएको कार्यालय प्रमुख नारायणि रजौरेले जानकारि दिइन ।

व्यवसायीहरुलाई माया एव सदभाव सहित घर भाडा छुट दिने सबैलाई आभार तथा धन्यवाद व्यक्त गरेको संघका प्रेस सल्लाहकार शरल रेग्मीले जानकारि दिए ।

 

 

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *