काठमाडौँ,साउन ७ । निर्वाचन आयोगमा आज जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारितासम्बन्धी विवादको अन्तिम बहस हुने छ ।
जसपामा अहिले उपेन्द्र यादव समुह महन्त ठाकुर समूहबीच विवाद छ । दुबैले पार्टीको नाम र चुनाव चिन्ह दाबी गरेपछि विवाद आयोगमा पुगेको हो ।
आयोगले सो विवादको निरुपणका लागि इजलास गठन गरी साउन ३ गतेदेखि बहस चलाइरहेको छ। आज अन्तिम बहस हुन लागेको ।
दुवै पक्षको प्रमाण र त्यसमा भएको बहस सुनेपछि आयोगलाई त्यसैमा चित्त बुझेमा आजै आधिकारिकताको टुंगो लगाउन सक्ने छ।
प्रमाणमा चित्त नबुझे कार्यकारिणी सदस्यहरुलाई आयोगमा उपस्थित गराएर सनाखत गराउन सकिने सम्भावना पनि रहेको छ। जसपाको केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ। ५१ सदस्यीय कार्यकारिणी समितिमध्ये ३० सदस्यको हस्ताक्षर सहित यादव पक्षले आयोगमा निवेदन दिएको थियो।
त्यस्तै, संसदीय दलमा पनि यादव पक्षको बहुमत पुगेको छ। यसअघि यादव पक्षमा १२ र ठाकुर पक्षमा २० सांसद थिए। तर, केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि मंगलबार बसेको यादव पक्षको संसदीय दलको बैठकमा २० सदस्य उपस्थित रहेका थिए।