दाङ, साउन ६ । बाँकेमा नुहाउन भनी खोलामा पसेका तीन किशोरको डुबेर मृत्यु भएको छ । थप दूई जनाको उद्धार भएको छ । इलाका प्रहरी कार्यालय कोहपुरका प्रमुख डिएसपी रबिन्द्र खनालले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ श्रृष्टी टोल अन्दाजी १६ बर्षीय अरिब जसगढ, १७ बर्षीय अरमान जसगढ र सोही वडाको सदरलाईनका रासिद जसगढको डुबेर मृत्यु भएको जानकारी दिए ।
खनालका अनुसार बिदाको दिनमा कपाल काटेपछि एकै उमेर समुहका पाँच जना बुधबार बेलुका ५ बजेतिर कोहलपुर नगरपालिका १० चटारस्थित डुडुवा खोलाको बाँधको नहरमा पौडी खेल्न भनेर पसेका थिए । त्यसमध्य दूई जनालाई सकुशल उद्धार भएको प्रहरीले खनालले बताए । मृतक सबैको शव पोष्ट मार्टमको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको डिएसपी खनालले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार