२०७८ साउन २० गते बुधवार

घोराहीबाट चितुवाको छालासहित दूई ब्यक्ति पक्राउ

तुलसीपुर, साउन ६ । दाङको घोराहीमा चितुवाको छालासहित दूई ब्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमारुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १० चौखाबाङका ४५ बर्षीय पूर्णसिंह सुनार र जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं.९ का ३२ बर्षीय रामबहादुर दमाई रहेका छन् ।

उनीहरुलाई बुधबार बिहान ३ ः ३० बजेतिर घोराही उपमहानगरपालिका वडा नं.३ गोग्लीमा चेकजाँचका क्रममा पक्राउ गरिएको दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिएका छन् ।

गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेको डिएसपी रिजालले बताए ।

‘गजराज सिमेन्ट लेखेको बोरा भित्र संरक्षित वन्यजन्तु चितुवाको छालासहित दूई ब्यक्ति हिडिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो,’ डिएसपी रिजालले भने ।

उनीहरुको साथबाट टाउकोदेखि पुच्छरसम्मको ५ फिट २ इञ्च लम्बाई र छातिको भागको चौडाई १ फिट ४ इञ्चको चितुवाको छाला बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ब्यक्तिहरु मथि थप अनुसन्धान जारी रहेको डिएसपी रिजालले बताए ।

पछिल्लो समय वन्य जन्तुको छाला ओसार पसारमा संलग्न ब्यक्ति तथा लागु औषधका कारोबारीहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *