२०८१ असार ३ गते आइतवार

नेपाली आधुनिक चित्रकलाका शिखर व्यक्ति उत्तम नेपालीको निधन

काठमाण्डौ,साउन ६ । नेपाली आधुनिक चित्रकलाका शिखर व्यक्ति उत्तम नेपालीको निधन भएको छ ।

काठमाण्डौ किलागल टोलमा विसं १९९४ बैशाख १८ गते जन्मिएका नेपालीको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा निधन भएको हो ।

केही वर्षअघि अमेरिका भ्रमणका क्रममा हृदयघात भएपछि बिरामी परेका नेपालीलाई फोक्सोको समस्या भएको थियो । उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।

नेपालीसँग निजामती सेवाको पनि लामो अनुभव थियो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य नेपालीले चौध पटकभन्दा बढी एकल चित्रकला प्रदर्शनी गरेका थिए ।

चित्रकार नेपालीको साहित्य लेखनी पनि सशक्त मानिन्छ । उनका लेख, रचना र कविता पहिलोपटक २०२१ सालमा मधुपर्कमा प्रकाशित भएका थिए । उनको ‘बिना शीर्षक’ कविता सङ्ग्रह २०६१ सालमा प्रकाशित भएको थियो ।

उनी राष्ट्रिय प्रतिभा पुरस्कार २०५४ र सुप्रबल जनसेवा श्री तृतीय पदकबाट पनि सम्मानित भएका थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन।

 

 

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *