तुलसीपुर, साउन ६ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)को अवसरमा सम्पूर्ण मुसलमान समुदायमा शुभ कामना दिएका छन् ।
नगर प्रमुख पाण्डेले जारी गरेको शुभकामना सन्देशमा विभिन्न जातजाति, धर्म, संस्कृतिले नै नेपालीलाई एकताको सुत्रमा गाँस्ने उल्लेख गरेका छन् ।
सामाजिक संस्कृति, परम्परा, रितिरिवाज, जातजाति र वेषभूषाको विविधता रहेको मुलुकमा इद पर्वले एकता र सहकार्यको वातावारणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने मेयर पाण्डेले विश्वास व्यक्त गरेका छन् ।
कोभिड महामारी अझै कायम रहेकाले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्व मनाउन मेयर पाण्डेले आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार