काठमाडौं, साउन ५ । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले मंगलबार त्यस्तो निर्णय गरेको हो । यो निर्णय संगै अब झन्डै चार लाख विद्यार्थीले परीक्षा दिन पाउने भएका छन् ।
परीक्षा बोर्डको बैठकले विद्यार्थीलाई भौतिक रुपमा उपस्थित गराई परीक्षा लिने निर्णय गरेको छ ।
परीक्षा विद्यार्थी अध्यनरत विद्यालय अर्थात होम सेन्टरमा हुने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।
१०० पूर्णांकको लिखित परीक्षा लिइने र त्यो परीक्षा भदौ ९ गतेसम्म चल्ने पौडेलले बताए ।
यसअघि जेठ अन्तिम सातादेखि परीक्षा हुने भनिएको थियो । तर, कोरोना भाइरस महामारीका कारण स्थगित भएको थियो । उक्त परीक्षा दूई महिना पछि हुने भएको छ ।
प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार