दाङ, साउन ५ । बाँकेबाट दूई ग्राम एकसय मिली ग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दूई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ का ६१ बर्षीय गुन्नु कबडिया र १८ बर्षीय राहुल कबडिया रहेका छन् ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मधुसुदन न्यौंपानेले मंगलबार बेलुका सवा ४ बजेतिर उनीहरु नेपालगञ्ज ११ स्थित ठटेरियन टोलबाट पक्राउ परेको जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट नगद पाँच लाख साढे १५ हजार पाँँच सय नगदपनि बरामद भएको डिएसपी न्यौंपानेले बताए ।
लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्ज र लागु औषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु माथि थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार