तुलसीपुर , साउन ५ । वन मुद्दाका चार जना फरार प्रतिबादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नं. ७ राताकासका ४५ बर्षीय निमप्रशाद बिक, ६३ बर्षीय धनबहादुर बिक, ६२ बर्षीया राधा बिक र ३४ बर्षीया ताराकुमारी पुन पक्राउ परेका छन् ।
उनीहरुका बिरुद्ध दाङ देउखुरी जिल्ला अदालतको २०७५÷१०÷१६ गतेको फैसलाले ७१ हजार पाँच सय २१ रुपैंया जरिवाना तोकेको थियो ।
दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालका रिजालका अनुसार उनीहरु सोमबार बेलुका राताकास गाउँबाट पक्राउ परेका हुन । प्रहरीले मंगलबार पक्राउ परेका सबैलाई अदालतमा पेश गरेको छ ।
प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार