
तुलसीपुर,साउन ५ । राष्ट्रिय अपाङ्ग महासंघ दाङ जिल्ला समन्वय समितिको अध्यक्षमा देवा डाँगीलाई चयन गरिएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रममा सात सदस्यीय समिति गरिएको हो । जसको उपाध्यक्षमा रामबहादुर खड्का,सचिवमा देवा शर्मा र कोषाध्यक्षमा रिता चौधरीलाई चयन गरिएको छ ।
त्यस्तै समितिको सदस्यहरुमा नोखी बस्नेत,भविसरा घर्ती र हरिकला भन्डारीलाई चयन गरिएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष देविदत्त आचार्यको अध्यक्षता तथा राष्ट्रिय अपाङ्ग महासंघ संघीय अध्यक्ष मित्रलाल शर्माको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।
सो अवसरमा कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका सल्लाहकार प्रतिमा शर्मा, राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका महासचिव हुमनाथ अधिकारी लगायतका व्यक्तिहरुले मन्तव्य व्यक्त गरेका थिए ।
राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश सचिव अजयकुमार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका कार्यक्रम अधिकृत गोमा पन्थीले गरेकी थिईन ।