२०८२ कार्तिक २२ गते शनिवार

रेडपाण्डाको छालासहित एकजना पक्राउ


तुलसीपुर, साउन ४ । दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. १ दमाचौरका ३२ बर्षीय लोकमान सुनार छन् ।

जिल्ला प्रहरी प्रबक्ता मुकुन्द रिजालका अनुसार सोमबार मध्यान्ह १२ बजेतिर सुनारलाई घोराही उपमहानगरपालिका वडा नं. ११ खैराबाट पक्राउ गरिएको हो । रा ४ प ९८५० नम्बरको मोटरसाईकलमा सवार सुनारलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको साधा पोशाकका प्रहरीले पक्राउ गरेका हुन ।

बरामद भएको रेडपाण्डाको छाला पुच्छरदेखि टाउको सम्म ३ फिट ३ इञ्च लामो र छातिको भागको चौडाई ८ इञ्चको रहेको प्रहरीले जनाएको छ ।
बरामद छाला नङग्रासहितको छ । सुनार बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सात दिन भित्रै प्रहरीले दाङबाट दूईवटा रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ । यसअघि जिल्लामा रेडपाण्डाको छालाहरु सहित यसरी मानिस पक्राउ परेका घटना सार्वजनिक भएका थिएनन् ।

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *