२०८१ चैत्र ३ गते आइतवार

प्रधानमन्त्री देउवालाई पाकिस्तानका समकक्षीको बधाई

काठमाण्डौ,साउन ४ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन ।

ट्वीटरमार्फत बधाई दिँदै उनले आफूले नेपालसँगको सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताए ।

देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएपछि खानले बधाई दिएका हुन ।

उनले चासोका विषयहरुमा नेपालसँग नजिक रहेर मिलेर काम गर्न चाहेको पनि उल्लेख गरे ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देउवालाई ट्वीटरमार्फत बधाई दिएका थिए ।

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *