काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् ।
संसद सचिवालयमा देउवाले विश्वासको मत लिने प्रस्ताव दर्ता भइसकेको छ ।
नेकपा ९एमाले० का वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले देउवालाई विश्वासको मत दिने बताइ सकेका छन् ।
पुर्नंस्थापित प्रतिनिधि सभाको बैठक आइतबार बेलुका ४ बजे बस्दै छ ।
संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ।
सर्वौच्च अदालतको परामदेशपछि नेपाली कांग्रेसका सभापति देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
यसअघि बैशाख २७ गते प्रधानमन्त्रीका रुपमा नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले विश्वसको मत पाउन सकेका थिएनन् ।