२०८१ जेष्ठ ३० गते बुधवार

तुलसीपुर कोरा साईकल च्यालेञ्ज (फोटो फिचर)

दाङमा बढ्दो साईकल क्रेज

             तस्बिर : फरककोण

तुलसीपुर,साउन २। तुलसीपुरमा कोरा साईकल च्यालेञ्ज प्रतियोगिता शनिबार भएको छ ।

प्रतियोगितामा तुलसीपुर र घोराहीका गरि झन्डै ८० को हाराहारीमा साईकिलिष्टरु सहभागि रहेका थिए ।

तुलसीपुरको गोरखा बोर्डिङ पछाडिबाट सुरु भएको प्रतियोगिता स्याउली बजार हुँदै बीरेन्द्र चोक हुँदै उरहरी पुगेको थियो ।

उरहरी चोकबाट पश्चिम उरहरी स्कूल हुँदै बेलटाकुरा–प्रिगाउँ, सुकौरा हुँदै बैबाङ पुगेको थियो ।
बैबाङबाट हेकुली हुँदै तुलसीपुर– सुर्खेत सडक खण्ड पुगेर प्रतियोगिताका सहभागिहरु पुनः तुलसीपुर आएका थिए ।

घोराहीका सहभागिहरु भने तुलसीपुर आउँदा जाँदापनि साईकलबाटै यात्रा गरेका थिए ।

प्रतियोगितामा आधा दर्जन जति महिलापनि सहभागि थिए ।
कोरो साईकल च्यालेञ्ज हरेक बर्ष जुलाई १७ तारिकमा आयोजना हुने गर्छ । चाइनिज भाषामा कोरोको अर्थ परिकर्मा भन्ने हुन्छ ।

प्रतियोगिता सुरु हुनु पूर्व गोरखा बोर्डिङ पछाडिको खेतमा कार्यक्रम आयोजना गरिएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि डिल्लीबहादुर बस्नेतले शारिरीक ब्यायमको अभावले दिर्घरोगीहरुको संख्या थपिदै गएको समयमा साईकल चलाउनु अति हितकर रहेको बताए ।

उनले साईकल चलाउँदा पेट्रोल नचाहिने, राम्रो शारिरीक ब्यायम हुने, वातावरणमा कुनै पनि असर नपर्ने हुँदा साईकल संस्कृतिको विकाश हुन जरुरी रहेको बताए ।

साईकलबाट धार्मिक स्थलहरु मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्चा आदीको परिकर्मा गर्नु र पर्यटन प्रबद्धनमा सघाउनु यसको उदेश्य रहेको दाङ जिल्ला साईकल संघका अध्यक्ष रेशम केसीले बताए ।


‘हामी जति किलो मिटर यात्रा गर्छौं त्यही अनुरुप रकम डोनेसन गर्ने गर्छौं,’ केसीले भने ‘ त्यसरी डोनेट गरेको रकम हामी सामाजिक क्षेत्रमा क्रियासिल संघ संस्थालाई दान गर्ने गर्छौं।’

स्वच्छिक रुपमा रकम संकलन गरि साईकल राईडरहरुले गत बर्षसम्म देशभर गरि ७० लाख रुपैंया संघ संस्थालाई दान दिएको उनले जानकारी दिए ।

रुकुम र बैतडीमा त्यसरी गरिएको डोनेसनबाट प्रसुती केन्द्रहरु स्थापना गरिएको छ । यस पटक पनि तुलसीपुरका हेमेन्द्र खड्काले उक्त अभियान चलाएर झन्डै ५० हजार जति आर्थिक संकलन भएको जानकारी दिएका छन् ।

त्यसरी संकलित रकम तुलसीपुर ६ डुम्री गाउँस्थित दिदी घर संस्थालाई सबै रकम हस्तान्तरण गरिने खड्काले बताएका छन् । गत बर्षको कोरो च्यालेञ्जका क्रममा दाङमा झन्डै १८ हजार संकलन भएको थियो ।

दाङ साईकल सिटीका अध्यक्ष ललित श्रेष्ठले साईकल चलाउँदा ब्यक्तिको स्वास्थ्य राम्रो हुने, वातावरणमा कुनै असर नपर्ने तथा पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने बताए ।


साईकल सिटीका उपाध्यक्ष खुमबहादुर न्यौंपानेले बिगतमा आँफुहरुले एक दूई जनाबाट सुरु गरेको साईकल क्रेज बढ्दै गएको भन्दै खुसी साटे ।

उनले तुलसीपुरमा मात्रै ५० जना जतिले शारिरीक ब्यायमका रुपमा दिनहुँ जसो साईकल चढ्न थालेको जानकारी दिए ।

प्रतियोगितामा तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा क्लिन तुलसीपुर ग्रिन तुलसीपुरका अभियान्ता बिमल रिजाल, तुलसीपुर उपमहानगरपालिकाका बरिष्ठ लेखा अधिकृत ललित घर्ती, डिभिजन वन कार्यरत लमहीमा कार्यरत कर्मचारी रश्मिराज अधिकारी, बैंकर रञ्जन कोईराला, रञ्जन सिंह, हेमन्द्र खड्का, बिमल पौडेल, सर्मिला केसी, क्रिजना पुन मगर लगाएत प्रतिष्ठित उद्योगी, ब्यापारी, कर्मचारी, खेलाडीको सहभागिता रहेको थियो ।

पछिल्लो समय साईकल प्रतिको क्रेज दाङ जिल्लामा पनि बढ्दै गएको देखिएको छ ।

 

प्रकाशित मिति : २०७८ साउन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *