तुलसीपुर, साउन २ । घोराहीबाट सवा एक लाख बढी रकमसहित दश जुवाडे पक्राउ परेका छन् ।
उनीहरुलाई शुक्रबार बेलुका साढे ६ बजे पक्राउ परेका हुन ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालका अनुसार पक्राउ पर्ने सबै घोराही उपमहानगरपालिका वडा नं.१३ का बासिन्दा हुन ।
उक्त वडाका ५२ बर्षीय कमान पुन, ४२ बर्षीय लोकबहादुर घर्ती, ४५ बर्षीय प्रेम पुन, ४२ बर्षीय आइतबहादुर घर्ती, ३४ बर्षीय ज्ञानसिंह बुढा, २२ बर्षीय निमबहादुर रोका, २६ बर्षीय त्रिपन बुढा, ३३ बर्षीय ढोका घर्ती, ४० बर्षीय तेजलाल पुन र ६८ बर्षीय गनबहादुर घर्ती रहेका छन् ।
डिएसपी रिजालका अनुसार उनीहरु सबै घोराही १३ डुमरगाउँस्थित गनबहादुर घर्तीको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन ।
जुवाको खालबाट १ लाख २२ हजार ५ सय १० रुपैंया नगद र ६ गड्डी तास बरामद भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ साउन २ गते शनिवार