२०८२ जेष्ठ ४ गते शुक्रवार

बाढी र पहिरोका कारण देशभरका १५ सडक खण्ड अझै बन्द

काठमाण्डौ,साउन २ । बाढी र पहिरोका कारण बन्द भएमा देशभरका १५ सडक खण्ड अझै सञ्चालनमा आउन सकेका छैनन् ।

६६ वटा सडक खण्ड एकतर्फी रुपमा सञ्चालन भइरहेका सडक विभागले जनाएको छ ।

काठमाण्डौ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड अझै सञ्चालमा आउन सकेको छैन ।

सिन्धुपाल्चोकको लिपिङ पुल भत्किँदा यो सडक खण्ड बन्द भएको थियो । यस्तै ठाउँरठाउँमा पहिरो र कटानका कारण डुम्रे–बेसीसहर–चामे सडक खण्ड बन्द भएको छ । गएको असार ३ गतेदेखि बन्द यो सडक खण्ड खुलाउन समस्या भएको सडक विभागले जनाएको छ ।

पहिरोका कारण ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड पनि झण्डै एक महिनादेखि बन्द छ ।

गएको असार १ गते रसुवाको त्रिशूली खोला, सानो भार्खु खोला र गाँजाबारीमा पहिरो गएकाले यो सडक बन्द भएको थियो । यस्तै सिन्धुपाल्चोकको कोदारीमा पहिरो गएकाले काठमाण्डौ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड पनि लामो समयदेखि बन्द छ ।

अरनिको राजमार्ग अन्तर्गत पर्ने यो सडक खण्ड सञ्चालनको प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

 

प्रकाशित मिति : २०७८ साउन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *