२०८१ चैत्र ४ गते सोमवार

११० ग्राम खैरो हेरोईनसहित दूई युवा पक्राउ


तुलसीपुर, साउन १ । एक सय दश ग्राम प्रतिबन्धित खैरो हेरोइन लागु औषधसहित दूई युवा पक्राउ परेका छन् ।

बाँके जिल्लाको जानकी गाउँपालिका ३ मुक्तिनगरका ३६ बर्षीय राजा योगी र डुडुवा गाउँपालिका १ खचैडाका ३० बर्षीय राजु भनिने नोर महामद दर्जी दाङको लमही नगरपालिका ९ तल्लो अमेलिया चोकबाट साढे २ बजे पक्राउ परेका हुन ।

गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

पक्राउ परेका मध्य योगी २०७१÷०७÷२३ गते महानगरिए प्रहरी बृत कालिमाटीबाट लागु औषध खैरो हेरोईन २० ग्राम ६२० ग्रामसहित पक्राउ परेका थिए ।

काठमाडौं जिल्ला अदालतले योगीलायई ६ बर्ष कैद सजाय तोकेपछि उनी तोकिएको सजाय भुक्तानी गरि केही समय मात्रै छुटेका थिए ।

त्यस्तै दर्जी २०७०÷०८÷१६ गते जिल्ला प्रहरी कार्यालय बाँकेबाट डाँका चोरी कसुर मुद्दामा दूई बर्ष कैद भुक्तानी गरि कारागारबाट मुक्त भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ साउन १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *