२०८१ चैत्र ३ गते आइतवार

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं,असार ३१ । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे सिंहदरबारमा बोलाइएको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लोपटक प्रधानमन्त्री बनेपछि मंगलबार पहिलो पटक बसेको मन्त्रिपरिषद बैठकले कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै व्यक्तिलाई आगामी चैत मसान्तभित्र खोप लगाइसक्ने निर्णय गरेको थियो ।

साथै देउवा नेतृत्वको सरकारले शान्ति सुव्यवस्था कायम, कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, अर्थतन्त्रको पुनरुत्थान लगायत विषयलाई सरकारको प्राथमिकतामा राखेको थियो ।

 

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *